सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत

डिसी नेपाल
३ कार्तिक २०७६ ०:०४

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकार्य र एकताले नै राष्ट्र विकास सम्भव हुने बताएका छन् । उनले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको समाजमा उन्नति गर्न नसकिने भएकाले एकता र भाइचाराले नै समाज र राष्ट्र सुखी तथा विकसित हुने बताए।

समाजवादी पार्टीले आज वीरगञ्जमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा अहिले तीन तहको सरकार रहेको र तीनवटै तहमा हाल समन्वय नभएकै कारण जनताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको बताए।

उनले सङ्घको प्रदेशसँग र प्रदेशको स्थानीय तहसँग समन्वय भए समृद्धिको जनअपेक्षालाई पूरा गर्न सकिने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *