विमान चढ्न लाग्दा लगेजको तौल २ किलो बढी भयो, महिलाले लगाइन् गजबको आइडिया

डिसी नेपाल
३ कार्तिक २०७६ ११:२८

एजेन्सी। फिलिपिन्सकी एक महिला विमान चढ्न लागेकी थिइन् । विमान चढ्ने बेला उनको लगेजको तौल जाँच गर्दा निर्धारित न्यूनतम तौलभन्दा २ किलो बढी पाइयो । महिलाले त्यो बढी भएको २ किलोको लागि अतिरिक्त शुल्क तिर्नुपर्ने भयो । अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि महिलाले गजबको आइडिया लगाइन् । उनले बढी भएको तौल बराबरका कपडा आफैंले लगाइन् र लगेजको तौल घटाएर विमानमा यात्रा गरिन् ।

गेल रोड्रिग्वेज नामकी यी महिला केही दिनअघि मनिला विमानस्थलबाट विमान चढ्न लागेकी थिइन् । यहाँ उनको लगेजको तौल बढी भएपछि उनले बढी भएका कपडाजनि आफैंले लगाइन् । उनको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । केहीले उनको आइडियाको तारिफ पनि गरिरहेका छन् । गेलका अनुसार चेक इनका क्रममा उनको लगेजको तौल ९ किलो थियो । विमानमा ७ किलोसम्म तौलको लगेज निःशुल्क लैजान पाइन्थ्यो, त्योभन्दा बढी भए अतिरिक्त शुल्क तिर्नुपर्थ्यो ।

अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि उनले ब्यागबाट कपडा निकालेर एउटामाथि अर्को कपडा लगाउन थालिन् । आफ्नो सामानको तौल २ किलो मात्र बढी भएकोले उनले अतिरिक्त शुल्क तिर्न नचाहेको बताइन् । गेलका अनुसार उनले ब्याग खोलेर टि शर्ट, पाइन्ट र ज्याकेटहरु निकालेर लगाइन् । तीमध्ये केही कपडा चिसै थिए । त्यसपछि जब उनको लगेजको फेरि तौल जाँच गरियो त्यसको तौल साढे ६ किलो मात्र पाइयो ।

गेलका अनुसार अब भने उनी फेरि यस्तो कहिल्यै गर्ने छैनन् । किनकि यति धेरै कपडा लगाएपछि उनलाई भयानक गर्मी भएको थियो । यद्यपि महिलाले आफू कहाँबाट कहाँ गएको र कुल एयरलाइन्समा यात्रा गरेको भन्ने कुरा भने खुलाइनन् । उनले त्यस दिन विमानस्थलमा लगाएर थुप्रै कपडाको साथमा फोटो फेसबुकमा शेयर गरेपछि यो कुरा सार्वजनिक भएको थियो । उनको यो पोस्ट तत्कालै भाइरल भयो र यसमा हजारौंले प्रतिक्रिया दिइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *