४० वर्षीय छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने ६२ वर्षीय बाबु पक्राउ
सांकेतीक तस्वीर-
खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका–२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सामान्य बादविवादको क्रममा जमान सिंहले खुकुरी प्रहार गर्दा गणेश घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीस्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते गणेशलाई उपचारको लागि धरान घोपा अस्पतालतर्फ पठाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment