नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्न राजदुत पाण्डेको आग्रह
मलेसिया । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेता वा मन्त्रीको पावरमा मलेसियाको नयाँ डिमाण्ड स्वीकृति नगर्ने सबैलाई आग्रह गरेका छन्।
शनिबार मलेसिया स्थित होटल ग्रेण्ड कन्टिनेन्टलमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाद्वारा मलेसियाका लागि नब नियुक्त उपनियोग प्रमुख मोतीराम श्रीस मगरलाई स्वागत कार्यक्रममा राजदुत पाण्डेले सो कुरा बताएका हुन्।
राजदुत पाण्डेले नियम बिपरित कार्य गर्ने कसैलाई छुन नहुने बताए । गतल कार्य गर्ने केही बिचौलियालाई सामान्य कार्वाही गरि चेतावानी दिई छोडि दिएकाछौं र दुतावासकै दुई कर्मचारीलाई जागिरबाटै निकालिएको समेत जनकारी गराए।
‘ब्याक फर गुड’ कार्यक्रममा जसरी दुतावासले कडाई गरेको छ त्यसरी नै मलेसियाबाट नेपाल जाने नयाँ डिमाण्ड स्विकृतिमा पनि कडाई गर्ने बताए।
नयाँ डिमाण्ड नेपाली दुतावासले स्वीकृति नगरी पठाउन नपाउने नेपाल मलेसियाबिच भएको श्रम सम्झौतामा उल्लेख छ। कम्पनीको एच आर आधिकारिक पत्र लिएर आएपछि मात्र दुतावासले डिमाण्ड स्वीकृत गर्छ।
मलेसियालाई नेपालीहरुको बैदेशिक रोजगारकप सुरक्षित र मर्यादित गन्तव्य बनाउने प्रयासमा छौँ। नियम बिपरित एउटा डिमाण्ड पनि स्वीकृत नगर्ने र यदि कसैले गलत तरिकाबाट काम गर्ने चेष्टा गरेमा गर्ने र गराउने दुबैलाई कार्वाहि हुनेछ।
त्यसैले नेपालबाट झोला भिरेर नेता वा मन्त्रीको पावरमा मलेसिया आएर डिमाण्डको स्वीकृति लिन्छु भन्ने भ्रममा नपर्ने सबै म्यानपावर व्यवसायीहरुलाई राजदूत पाण्डेले आग्रह गरे।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले नब नियुक्त उप नियोग प्रमुख मगरलाई स्वागत तथा कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।
साथै मलेसियाका लागि नब नियुक्त गप नियोग प्रमुख मगरले नेपाल आदिवासी जनजाति महासंघ मलेसियालाई धन्यबाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा नेपाली मजदुरहरुको लागि राम्रा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष राईले नब निर्वाचित नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका समितिको जानकारी पत्र पनि राजदुत पाण्डेलाई बुझाएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment