अवैध लागूऔषध सहित मोरङ र बझाङमा २ जना पक्राउ

डिसी नेपाल
४ कार्तिक २०७६ २३:४४

काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका ३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका १० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ५३३३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार बुढालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका १५ स्थित १ ढाटबाट बेलबारी नगरपालिका ६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई लुकाई छिपाई ल्याएको हेरोईन जस्तो देखिने खैरो पाउडर ५ ग्राम २ सय ५० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गिरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *