हामीसँग प्रमाण छ, एनआरएनएको निर्वाचनमा धाँदली भएकै होः कुल आचार्य

अमृत पौडेल
५ कार्तिक २०७६ ९:०३

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का अध्यक्षका प्रत्यासी तथा तत्कालिन उपाध्यक्ष कुल आचार्यले निर्वाचनमा धाँदली भएको दाबी गरेका छन्।

डिसी नेपाल डटकमसँगको कुराकानीमा आचार्यले एनआरएनएको निर्वाचनमा धाँदली भएको आफूसँग स्पष्ट प्रमाण रहेको बताएका हुन्। निर्वाचनको मत परिणाम आफ्नो पोल्टामा नआएपछि फर्जी मतदाता तयार गरेर विपक्षीले मतदान गराएको भन्ने आरोप लगाउनु भयो नी भन्ने हाम्रो प्रश्नमा उनले भने, “त्यो आरोप हैन सत्यता हो। फर्जी मतदाताहरु ४–५ वर्ष पहिले विदेशबाट फर्किएका र नेपालमै रहेका तमाम व्यक्तिहरुले नाम दर्ता गरेर मतदान गर्नुभएको छ। हामीसँग ती प्रमाण छन्।”

यस विषयमा निर्वाचन समितिमा पनि उजुरी पनि दर्ता गराएका थियौँ, तर त्यसको सुनुवाई नभएपछि यसलाई धेरै लफडा नगरौँ भनेर आँफै ब्याक भएँ, उनले भने, वास्तवमा फर्जी मतदाताहरु धेरैको भोट खसेको छ। अधिवेशनको माहोल आफ्नै पक्षमा देखिएपनि प्राविधिक र गणितिय रुपमा दुसप्रयास भएका कारण आफूले कम मत ल्याएको उनको भनाइ छ।

विद्युतीय मतदान प्रक्रिया सुरु गरेर एकाएक स्थगित हुनु पनि शंकास्पद भएको उनले जिकिर गरे। यसअघि दुई पटक एनआरएनएको चुनाव गराइसकेको प्राविधिक टोलीले एकाएक प्राविधिक समस्या देखाएर विद्युतीय मतदान प्रक्रिया बन्द गर्नुमा धाँदलीका लागि होल्ड गरिएको हो की भन्ने तर्फ शंकास्पद सुई घुमेको उनको आशंका छ।

अध्यक्षका प्रत्यासी कुल आचार्यसँगको पूरा संवाद भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *