फिल्म चलाउन ‘भाइरल बाबा’को सहारा !

डिसी नेपाल
६ कार्तिक २०७६ २३:१४

काठमाडौं। अघोरी बाबा अर्थात भाइरल बाबा कति चर्चित छन् भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताले राम्रैसंग बुझेका छन्।

पछिल्लो समय त यतिसम्म की नेपाली फिल्मको प्रमोशनमा समेत ‘भाइरल बाबा’को सहारा लिन थालिएको छ।

केही समयअघि ‘जाइरा’ले फिल्म प्रमोशनका लागि यी बाबाको सहारा लिएको थियो। अहिले आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पोइ पर्याे काले’ भाइरल बाबासंग पुगेको छ।

अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठले भाइरल बाबासंग केही समय कुरा समेत गरेका छन्।

अभिनेत्री पूजाले फेसबुकमा भाइरल बाबालाई बोल्न लगाएर भिडियो समेत सार्वजनिक गरेकी छिन्। जहाँ बाबाले भनेका छन्, ‘कात्तिक ८ गते ऋपोइ पयो काले‘ हेर्नुहोला। नभुल्नुहोला। भुल्नुभयो भने लाइफ ड्यामेज। हेर्नुभयो भने लाइफ ओके।’ बाबा बोलेपछि पूजाले ‘थ्यांक यु’ भनेकी छन्।

यी भाइरल बाबाको नाम विजय केसी हो। युट्युब अन्तर्वातामा ‘लाइफ ड्यामेज’ भन्दै चर्चामा आएर यीनले केही विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन्। अहिले उनको विवाहलाई लिएर सामाजिक सञ्जालमा चर्चा भईरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *