तिब्बत भ्रमणमा के के गरे कर्णालीका मुख्यमन्त्रीले?

डिसी नेपाल
७ कार्तिक २०७६ १५:४७

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० दिने तिब्बत भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।

तिब्बत भ्रमण सकेर नेपाल फर्किएका मुख्यमन्त्री शाहीले बिहीवार वीरेन्द्रनगरमा पत्रकारहरुसँग छोटो भेटघाट् गर्दै चीनको तिब्बतका विभिन्न प्रदेशहरुको भ्रमण गरेकोे बताएका हुन्।

उनले तिब्बतका विभिन्न शहरमा भएको विकास पूर्वाधारसम्बन्धी भौतिक संरचनाहरुको अवलोकनबाट त्यहाँको पूर्वाधार एवम् विकास विश्वमै नमूनाको रुपमा रहेको बताए।

उनले भने ‘भ्रमणको क्रममा महिले कर्णाली प्रदेशकोराजधानी सुर्खेतको रिङ्गरोड्, सुर्खेत देखि बर्दियासम्मको सुरुङ मार्गको निःशुल्क सर्भे गरिदिने तिब्बत सरकारसँग छलफल गरे’, ‘यो विषयमा त्यहाँको सरकार सयोग गर्न इच्छुक रहेको छ।’

तर यस विषयमा सङ्घीय सरकारले अनुमति दिए पछि त्यहाँको सरकारको लगानीमा रिङ्गरोड बनाउने भन्ने कुरा छिटो हुने उनले बताए।

पूर्वाधारसम्बन्धी काम गर्दै आएको कम्पनीसँग छलफल गरेको जनाउँदै उनले त्यसले विकास गरेका विभिन्न भौतिक संरचना पनि हेरिएको जनाए। समुन्द्रमाथि बनाइएको सबैभन्दा लामो सडक, समुन्द्रभित्र बनाइएको सुरुङ मार्ग, एकीकृत बस्ती विकासको ढाँचा पनि अवलोकन गरिएको उनको भनाइ थियो।

त्यसैगरी भ्रमणका क्रममा तिब्बतका विभिन्न कम्पनीहरुसँग कर्णाली प्रदेशमा लगानी गर्ने विषयमा छलफल भएको बताइएको छ। ती कम्पनीहरुले पर्यटन, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडीबुटीमा चासो देखाएको मुख्यमन्त्री शाहीले बताए।

तिब्बत सरकारले हिमालयसँग जोडिएका विभिन्न देशहरुको सहभागितामा बिआरआइसम्बन्धी तीनदिने कार्यक्रमको आयोजना गरेको थियो। त्यो कार्यक्रममा बङ्गलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, मङ्गोलियालगायतका देशका मन्त्री, मुख्यमन्त्रीसहित सरकारका प्रतिनिधिहरुको सभागिता जनाउने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही असोज २७ गते तिब्बत प्रस्थान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *