महरालाई थप ७ दिन थुनामा राख्न आदेश

डिसी नेपाल
७ कार्तिक २०७६ १८:११

काठमाडौं । यौन काण्डमा मुछिएर प्रहरीको हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो। बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि म्याद थपको माग अदालतसमक्ष गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.