मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ हलमा

डिसी नेपाल
८ कार्तिक २०७६ ८:३७

काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ले प्रदर्शन आरम्भ गरेको छ।

तिहारको अवसर पारेर प्रदर्शनमा आएको फिल्मलाई शिशिर राणाले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा सौगात मल्ल, सृष्टी श्रेष्ठ, पूजा शर्मा, आकाश श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्का, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, सृष्टी श्रेष्ठ, पूजा शर्मा, आकाश श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्का, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ। अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन्। फिल्मले वर्ण कालो भएपनि मन गोरो हुनुपर्छ भन्ने सन्देश दिने बताइएको छ। ‘पोइ र्पयो काले’को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ।

शुक्रबारबाट नै नेपाली हलमा दुई बलिउड फिल्म ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ प्रदर्शनमा आएका छन्। यीसंगै फिल्म ‘घामड शेरे’पनि प्रदर्शनमा आउने तयारीमा थियो। तर, मल्टिप्लेक्स हलमा अत्यन्त न्यून शोज पाएपछि फिल्मको प्रदर्शन मिति दुई साता पछाडि अर्थात कात्तिक २२ मा सारिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *