आर्यनको कमेडी र एक्सन, यस्तो बन्यो ‘च च हुई’को ट्रेलर

डिसी नेपाल
९ कार्तिक २०७६ १७:४१

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘च च हुई’को ट्रेलर सार्वजनिक गरिएको छ।

सार्वजनिक ट्रेलरमा कमेडी, एक्सन र रोमान्स मिसिएको छ।

हङकङ रिर्टन्स दुई युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई चलचित्रमा रमाईलो तरकाले चित्रण गरिएको ट्रेलरले प्रस्ट्याउँछ। जीवनको पिङ ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको निर्माण टीमले जनाएको छ।

साम्तेन भुटिया निर्देशित चलचित्रमा आर्यन सग्देल, मिरुना मगर, भोला अधिकारी शिर्ष भूमिकामा छन्। आर्यन र भोला हङकङबाट काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा प्रस्तुत छिन्।

चलचित्रमा माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतका कलाकारहरुको पनि अभिनय छ। सिजन दाहाल र सन्देश अर्यालको पटकथामा एजीएल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई अमृत घोले लामाले निर्माण गरेका हुन्।

मंसीर ६ गतेदेखि चलचित्र अलनेपाल प्रदर्शन हुँदैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *