तिहारले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउँछः राष्ट्रपति भण्डारी

डिसी नेपाल
१० कार्तिक २०७६ ६:५७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक (तिहार)ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दिपावली गर्ने तथा अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

राष्ट्रपति भण्डारीले सन्देशमार्फत तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस पर्वको अभिन्न अङ्गका रूपमा रहेको देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने राष्ट्रपति भण्डारीले उल्लेख गरेका छन् ।

“समाजमा शान्ति एवम स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *