फस्टलुक पोष्टरमा यस्तो देखियो फिल्म ‘१२ सत्ताईस’

डिसी नेपाल
१० कार्तिक २०७६ ११:३८

काठमाडौं। नेपाली फिल्म ‘१२ सत्ताईस’ फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ। जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म मंसिर २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। कमेडी फ्लेबरमा बनेको चलचित्रले ३ जना बेरोजगार युवाहरुको कथा समेटेको छ।

सार्वजनिक फष्टलुकमा फिल्म भित्रका प्रमुख पात्रहरुलाई स्थान दिईएको छ। फष्टलुक कमेडी शैलीमै तयार गरिएको छ।

फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारहरुको अभिनय छ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खतिवडा र रुपक थापाले निर्माण गरेका हुन्।

निर्देशक जोन योञ्जनकै कथा रहेको चलचित्रमा दिपक आर्जेको संगीत रहेको छ। गिरिस खतिवडा र दिपक आर्जेको शब्द रहेको फिल्मलाई अनिष स्याङ्गदेनले खिचेका छन्। फिल्म सम्पादनको जिम्मा भने कृष्ण भण्डारीले लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *