प्रधानमन्त्री ओलीले ग्रहण गरे भाइटीका

डिसी नेपाल
१२ कार्तिक २०७६ १६:३७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन्।

टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरिन्। साथै उनीहरूले प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए।

प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *