पाकिस्तानमा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु
बीबीसी। पाकिस्तान रेलवेको गाम एक्सप्रेसमा आगो लाग्दा कम्तिमा पनि ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। तेजगाम एक्सप्रेसको कराँचीबाट रावलपिंडी गइरहेको रेलमा बिहीबार विहान आगलागी भएको बीबीसीले जनाएको छ।
पाकिस्तानी संचारमाध्यमले सिलिण्डर विस्फोट कारण आगलागी भएको जनाएका छन्। रेल लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलमा तीन वटा डिब्बा जेलेका छन्।
रेडियो पाकिस्तानका अनुसार घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुख व्यक्त गरेका छन्। उनले घाइतेको उचित उपचार गर्न निर्देशन पनि दिएका छन्।
रेल मन्त्री शेख रशिदले यात्री र रेलको बिमा भएको र जसका कारण आर्थिक क्षतिको क्षतिपूर्ति दिन सकिने जनाएका छन्। उनले यो घटनाको छानवीन गरिने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment