प्रधानमन्त्री भेट्न पुगेका नेताले भेट्न पाएनन्, अस्पतालमा बढ्यो भिड (भिडियो)

डिसी नेपाल
१४ कार्तिक २०७६ १४:३२

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् ।

मृर्गौंलाको डाईलायसिस गराईरहेका प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार दिउँसो ग्रान्डी अस्पताल पुगेका उनले संचारकर्मीहरुमाझ चिकित्सकहरुलाई उल्लेख गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदमै ठिक रहेको प्रतिक्रिया दिएका हुन् । ‘चिकित्सकहरुले भने अनुसार उहाँको स्वास्थ्यस्थिति एकदमै ठिक छ, प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मलाई चिकित्सकहरुले नै जानकारी दिने हो, त्यस्तो कुनै समस्या देखा परेको छैन ।’

प्रधानमन्त्रीको दोस्रो पटक आज पनि मृर्गौलाको डाईलायसिस भईरहेकाले प्रवक्ता श्रेष्ठले पनि भेट गर्ने अवस्था रहेन ।
त्यसैगरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सो अस्पताल पुगेका नेकपाका नेता भिम रावलले मृर्गौलाको डाईलायसिस भईरहेकाले प्रधानमन्त्रीसँग भेट गर्ने अवस्था नरहेको बताएका छन् । उनले चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री ओली छिट्टै अस्पतालबाट डिष्चार्ज हुने बुझिएको पनि जानकारी दिए ।

भर्खरै मात्रै प्रधानमन्त्री भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि अस्पताल पुगेका छन् । नेकपाका नेताहरु प्रधानमन्त्री भेट्न अस्पताल पुगेसँगै अस्पतालमा भिड बढेको छ ।

भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *