नारायणीमा हाम फालेकाको पहिचान हुन सकेन
नारायणी नदी (फाईल तस्बिर)
भरतपुर । लक्ष्मीपूजाका दिन एक बच्चासहित नारायणी नदीमा हामफालेका युवाको सनाखत हुन सकेको छैन।
उनले काखमा बोकेको भनिएको बच्चाको अवस्था अज्ञात रहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अन्दाजी ३० वर्षीय पुरुषको शव नदीमा भेटिएको थियो।
निजको हालसम्म सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
निजले साथमै अन्दाजी १० वर्षीय बच्चा बोकेको भनी प्रत्यक्षदर्शीले बताएका थिए। नदीमा खोजतलासका क्रममा ती बच्चा भने फेला पर्न नसकेको उनले जानकारी दिए ।
यही कात्तिक १० गते अपराह्न ४ बजेतिर ती युवक बच्चा बोकेर नारायणगढ बजार नजीकै पुलबाट नारायणी नदीमा हामफालेको भन्दै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए।
उद्धारका क्रममा ती पुरुषको शव भेटिएको थियो भने बच्चाको अवस्था अज्ञात रहेको छ। शवको मुचुल्क उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment