आफ्नो फिल्म हेर्नै सक्दिनन् स्वस्तिमा

डिसी नेपाल
१५ कार्तिक २०७६ १०:४४

काठमाडौं। अभिनेत्री स्वस्तिमा खड्काले आफूले अभिनय गरेका फिल्म आफू हेर्नै नसक्ने बताएकी छन्।

केही दिनअघि डिसी नेपालसंग कुरा गर्दै स्वस्तिमाले यो कुराको खुलासा गरेकी हुन्। ‘आफ्नो कामबाट म कहिल्यै सन्तुष्टि हुँदिन्। फिल्म हेर्दा धेरै कुरा बिग्रेको देख्छु। कति झुर गरेँ जस्तो लाग्छ’ उनले भनिन् –‘आफ्नो फिल्म हेरेँ भने म एक/दुई दिन तनावमै जान्छु। राति त्यही कुराले सुत्नै सक्दिन्।’

उनले शुरुवातका फिल्म हेरेपनि ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘हजार जुनीसम्म’ लगायत आफ्नो अभिनय रहेका पछिल्ला फिल्म नहेरेको खुलाइन्। उनले आफ्नै फिल्म हेर्न नसक्नुको कारणबारे थप प्रष्ट पार्दै  थपिन्, –‘मैले हरेक फिल्ममा वेष्ट दिने कोशिश गरेकी हुन्छु। फिल्म राम्रो/नराम्रो भएर नहेर्ने होइन् की फिल्म हेरेपछि मलाई डिप्रेश फिल हुने भएर हेर्न छाडेकी हुँ।’

स्वस्तिमाको नयाँ फिल्म ‘घामड शेरे’ यति कार्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा स्वस्तिमा र निश्चल बस्नेत साली–भेनाका रुपमा प्रस्तुत छन्। स्वस्तिमाले आफूले कुनै फिल्मबाट पनि धेरै आशा नराख्ने बताउँदै ‘घामड शेरे’बाट पनि धेरै आशा नराखेको बताईन्।

उनले अगाडि भनिन, –‘म कुनै फिल्मबाट आशा गर्दिन्। आशा राख्दा पछि पीडा नि हुनसक्छ। तर, हरेक फिल्ममा आफ्नो वेष्ट दिने कोशिस गर्छु। ‘घामड शेरे’मा पनि केही फरकपन पाउनुहुनेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *