वनभोज खाएर फर्किएको बस दुर्घटना, तीन जना घाइते

डिसी नेपाल
१६ कार्तिक २०७६ २१:५५

सुर्खेत। सुर्खेको कटकुवाबाट वनभोज खाएर फर्कँदै गरेको बस वीरेन्द्रनगर–६ घण्टाघरचोक नजिक शनिबार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वनभोज खाएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे१ख २९१७ नङको बसको ब्रेक फेल गई दुर्घटना भएको हो ।

दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–१९ कन्ठीपुरका १५ वर्षीया लीला बुढाथोकी, १५ वर्षीय आकाश थापा क्षेत्री र १९ वर्षीय नरेन्द्र उपाध्याय घाइते भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

घाइतेमध्ये उपाध्यायको वीरेन्द्रनगरस्थित माया नर्सिङहोम र अन्य दुईको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भई सडक किनाराको रुखमा ठोक्किन पुगेको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *