लाइभ रेकर्डिङ्गमा नारायण रायमाझीको ‘निरमाया ठुली’ [भिडियो]

डिसी नेपाल
१७ कार्तिक २०७६ १४:४७
4
Shares

काठमाडौं। ‘एउटा आँखा कर्णालीको उर्ली आउने भेल अर्को आखा कोशी छ
                  रहरैले हैन प्यारी म परदेशी भाको हाम्रै भाग्य दोषी छ’

वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको नयाँ गीत ‘निरमाया ठुली’को अंश हो यो।

रायमाझीले यस गीतलाई लाइभ रेकर्डिङमा तयार गरेका छन्। रायमाझीकै रचना/लय/शब्द रहेको गीतमा महिला आवाज कमला पोखरेलको रहेको छ। गीत रीमा ईन्टरटेन्मेन्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक छ।

हरेक गीतमा मौलिक स्वाद पस्केर पृथक छवि बनाएका रायमाझीको यो गीत पनि मौलिक र मार्मिक लाग्छ। गायिका कमलाको स्वरले पनि स्रोताको ध्यान खिचेको छ। परदेशीको मर्म बोकेको गीतलाई स्रोता, दर्शकले पनि मौलिक र मार्मिक भनेका छन्।

गीतमा रेकर्डिङ्ग मिक्सिङ्गमा श्याम श्वेत रसाईली, मादलमा उदराम खड्का, बासुरीमा रत्न बि.क., सारङ्गीमा धर्म गन्धर्व, गिटारमा राज कुमार समालले साथ दिएका छन्। मिराज अर्याल, पारस रायमाझी र बिकेक खड्काले खिचेको भिडियोमा मिराज अर्यालले सम्पादनको कार्यभार निर्वाह गरेका हुन्।

हेर्नुहोस् भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *