सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, काँग्रेसद्वारा शोक व्यक्त

डिसी नेपाल
१७ कार्तिक २०७६ १६:०६

मेलम्चि। अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए। उनका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए।

घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए। घटनाको विस्तृृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

यसैबीच दुर्घटनाप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले शोक व्यक्त गरेको छ। काँग्रेस केन्द्रीय कार्यालय मुख्य सचिब कृष्णप्रसाद पौडेलले आइतबार शोक विज्ञप्ति जारी गर्दै शोक तथा समवेदना प्रकट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *