त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाँस्कोटा नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बास्कोटालाई नियुक्त गरिएको छ।
आइबार बसेको मन्त्रिपरिषद् बैठकले डा. धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत रहेका थिए। त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञसमेत रहेका बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सकसमेत हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment