चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई कुटपिट गर्ने नेशनल मेडिकल कलेजमाथि छानविन हुने

डिसी नेपाल
१८ कार्तिक २०७६ २१:३७

काठमाडौं। सरकारले तोकेभन्दा बढि शुल्क लिएपछि शुल्क फिर्ताको माग राख्दै विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भएको विद्यार्थीको आन्दोलनमा विद्यार्थीमाथि कुटपिट गर्ने कलेज व्यवस्थाबारे छानविन हुने भएको छ।

मेडिकल काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको आन्दोलनमा कुटपिट गर्ने, बन्धक बनाउनेलगायतका विषयमा छानविन गर्ने जनाएको छ।

डा. भगवान कोइराला काउन्सिल अधयक्ष भएको भोलिपल्टै सोमबार काउन्सिलले सरकारले तोकेको भन्दा धेरै शुल्क लिने नीजि मेडिकल कलेजबारे छानविन गरिनेसमेत जनाएको छ।

हालै विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भएको आन्दोलनमा कलेज व्यवस्थापनले विद्यार्थीलाई कुटपिट गर्नुका साथै बन्धक बनाएको घटना सार्वजनिक भएको थियो। सो कलेजका सञ्चालक बसुरिद्दिन अन्सारी सत्तारुढ दल नेकपा निकटका हुन्।

सरकारले तोकेको भन्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने भन्दै देशैभरका नीजिक मेडिकल कलेजहरुमा आन्दोलन भइरहेको छ। तर, मेडिकल कलेज मालिकहरुले भने सरकारले तोकेको शुल्कमा बढाउन नसक्ने बताउँदै आएका छन्।

शुल्क विवादका कारण केही मेडिकल कलेजमा विद्यार्थीले परीक्षासमेत दिएका छैनन् भने केहीले भर्ना नै लिएका छैनन्। शुल्क विवादका कारण पछिल्लो समय मेडिकल शिक्ष लथालिंग बनिरहेको छ। यही विषयलाई लिएर सोमबार देखि डा. गोविन्द केसीले पनि आमरण अनशन शुरु गरेका छन्।

उनले डडेल्धुरा पुगेर १७ औं आमरण अनशुन शुरु गरेपछि उनका माग समेटिने गरि मेडिकल काउन्सिलले काम गर्ने प्रविद्धतासहित विज्ञप्ति जारी गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *