घुम्दै गाउँ पुगेका अनुष्का र विराटलाई गाउँलेले नचिनेपछि…

डिसी नेपाल
१९ कार्तिक २०७६ १२:०४

एजेन्सी। यतिबेला बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्ना पति तथा भारतीय क्रिकेटर विराट कोहलीसँग छिमेकी देश भुटानमा छुट्टी मनाइरहेकी छिन्। आफ्नो ट्विटरबाट उनले बिदा मनाउँदाका पलहरूलाई पोस्ट गरिरहेकी पनि छिन्। ट्वीटरमा उनले भुटानको एक गाँउका स्थानिय परिवारसँगको फोटो पोस्ट गर्दै उनीहरूले आफूहरू को हो भनेर नचिनेको उल्लेख गरेका छन्।

अनुस्काले सो कुरासँगै पोस्टमा भुटानका ती गाउँलेहरूको दयालुपना र सरलताको प्रशंसा गर्दै आफूहरूलाई उनीहरूले नचिने पनि राम्रो सत्कार र सम्मान गरेको उल्लेख गरेकी छिन्। सो परिवार सम्बन्धी तीनवटा ट्विट गर्दै अनुष्काले गाउँलेहरूको सरल व्यवहारको प्रशंसा गरेकी छिन्।

‘आज हामीले ८.५ किलोमिटरको उकालो पदयात्रा गर्यौं। यस दौरान हामी एउटा सानो गाउँमा चार महिना अगाडिमात्र जन्मिएको एउटा घरपालुवा जनावरको बच्चालाई खाना खुवाउन रोकियौं। तब घरका मालिकले हामीलाई हामी थाकेका छौं कि भनेर सोध्दै एक कप चियाको लागि सोधे?’ ट्विटमा अनुष्काले लेखेकी छिन्। दोश्रो ट्वीटमा अनुष्काले ‘हामी यो सुन्दर परिवारको घर गयौं, जसलाई हामी को हौं भनेर बिल्कुलै जानकार थिएनन्’, पोस्ट गरेकी छिन्।

यस्तै तेश्रो ट्वीटमा ‘यस बाबजुद पूरा परिवार हामीसँग जोश र मायाले प्रस्तुत भयो। हामीले उनीहरूसँग बसेर चिया पियौं र केही समय बितायौं। उनीहरूलाई त हामी केवल पदयात्राबाट थाकेका यात्री थियौं। यदि यो जीन्दगीको सही अर्थ होइन भने के हो मलाई पनि थाहा छैन। यो एउटा याद हामी संगालेर राख्ने छौं’, लेखेकी छिन्। अनुष्काको यो ट्वीटमा उनका प्रशंसकहरूले सो परिवारको प्रशंसा गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *