बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु पक्राउ
सांकेतीक तस्वीर-
काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार कसुरदारहरु मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने ३३ वर्षीय संजय पोख्रेल र सोही ठाउँकी ५८ वर्षीया लक्ष्मी देवी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ।
बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले संजयलाई ३ वर्ष कैद र १ करोड ९५ लाख २६ हजार रुपैयाँ र लक्ष्मी देवीलाई २ वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजु रही फरार भएका थिए।
केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले संजयलाई आइतबार काठमाडौंको गौशला र लक्ष्मी देवीलाई मंगलबार पर्सा वीरगंजबाट पक्राउ गरेको हो।
२०६७ फागुन २५ गते क्रिष्टल फाईनान्स थापाथलीबाट जग्गा धितो राखी धितो राखेको जग्गाको आफूखुशी अस्वाभाविक रुपमा मूल्याङकन गराई कर्जा लिई कर्जा दुरुपयोग गरेका थिए।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत काठमाडौं र पर्सा मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment