सिकार गर्ने क्रममा एक जनाको मृत्यु

डिसी नेपाल
१९ कार्तिक २०७६ २२:०७

लमजुङ । दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो।

गुरुङ भिरबाट लडेर घाइते भएका थिए। उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।

भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताए। मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *