ड्रग माफियाको आक्रमणमा नौ अमेरिकी नागरिकको मृत्यु

डिसी नेपाल
२० कार्तिक २०७६ ७:३८

बीबीसी। उत्तरी मेक्सिकोमा संदिग्ध ड्रग माफियाको आक्रमणमा ६ बालिबालिका र तीन महिसासहित कम्तिमा पनि नौ जना अमेरिकी नागरिकको मृत्यु भएको छ।
पीडित लहुबारन परिवारका सदस्य थिए, जो दशकौं पहिला मेक्सिकोका मोरमन समुदायसँग अलग भएर बनेको परिवार हो।

मेक्सिकोका सुरक्षामन्त्रीले मृत्यु हुनेलाई गल्तीले निसाना बनाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उत्तरी मेक्सिकोको सिनोरा राज्यमा दुई ड्रग माफियाबीच लडाइँ छ। एउटा समूहको नाम हो ला लिनिआ जुन एउटा ठूलो ‘खुआरेज’ ड्रग्स गिरोहसँग जोडिएको छ र अर्को समूहको नाम ‘लोस चापोस’ हो, जो सिनालोआ गिरोहको हिस्सा हो।

न्यूयोर्क टाइम्सका अनुसार मृत्यु हुनेमध्ये दुई जना बच्चाको उमेर एक वर्ष भन्दा कम थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्विट गर्दै भनेका छन्–अब मेक्सिकोले अमेरिकी सहयोगमा ड्रग माफिया विरुद्ध कारवाही गर्ने समय आएको छ। अब ड्रग माफियाको नामो निशान मेटाउनुपर्छ। म नयाँ राष्ट्रपतिको फोनको प्रतिक्षामा छु।’

लसिलेवार पोस्टका अनुसार अमेरिका ड्रग माफियाको हिंसासँग जुध्न मेक्सिकोलाई सहयोग गर्न तयार रहेको र त्यो काम चाँडै गर्नुपर्ने ट्रम्पले बताएका छन्।
उता मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मेक्सिको आक्रमणका लागि जिम्मेवार अपराधीलाई पक्राउ गर्न ‘स्वतन्त्र र सम्प्रभु’ तरिकाको कदम उठाउने बताएका छन्।

उक्त आक्रमणमा मृत्यु हुनेमा एक वर्ष भन्दा कम उमेरका दुई जुम्ल्याहा बच्चा पनि छन्। बाँकी बालबालिका ११, ९, ६ र चार वर्षका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *