भरतपुरमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु, एक गम्भीर घाईते

डिसी नेपाल
२० कार्तिक २०७६ ७:४७

भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.