निशा गैरेको स्ट्याण्ड अप कमेडीमा विवाहपछिका कुरा
काठमाडौं । हास्य कलाकार निशा गैरेको अभिनयमा विवाहित केटी नामक नेपाली स्टयाण्डअप केमेडी शो सार्बजनिक भएको छ। क्याण्डल लाइट्स इन्टरटेनमेन्ट तथा लाफमान्डु टिमले यूट्युब मार्फत सार्बजनिक गरेको हास्य भिडियोलाई दर्शकले खुबै रुचाएका छन् ।
नोभेम्बर ५ तारिखमा क्याण्डल लाइट्स इन्टरटेनमेन्टले आफ्नै यूट्युब च्यानल मार्फत सार्बजनिक गरेको भिडियोलाई केही घण्टामै करिब ६ हजारले हेरिसकेका छन् । रुपेश घिमिरेको निर्देशन तथा संपादनमा निर्माण भएको स्ट्यण्डअप कमेडीमा निशा गैरे स्वयंको बेजोड अभिनय रहेको छ ।
समाजमा भएका यथार्त घटना तथा दैनिकीलाई आफ्नो लाफमाण्डु सिरिज अन्तर्गत क्याण्डल लाइट्स इन्टरटेनमेन्टले स्टयाण्डअप कमेडी शो मार्फत प्रत्येक मंगलबार साँझ ६ः३० बजे यूटयुबमा अपलोड गर्ने गरेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment