प्रदेश प्रमुख कलौनीले कर्णालीमा गरे पदभार ग्रहण

डिसी नेपाल
२० कार्तिक २०७६ १८:५५

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार पदभार ग्रहण गरेका छन् ।

बुधवार दिउँसो प्रदेश प्रमुख कलौनीले कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधानको अक्षरशः पालना गर्दै सबै पक्षसँग सहकार्य गर्ने बताएका छन् ।

‘म नेपाल सरकारको प्रतिनिधिको रुपमा कर्णाली प्रदेश आएको हुँ,’ उनले भने, ‘संविधानको अक्षरशः कार्यान्वयन गर्ने र लागू गर्ने दायित्व म पूरा गर्नेछु ।’

कर्णालीवासी, प्रदेश सरकार सबैको सकारात्मक साथ, सहयोग पाउने अपेक्षा समेत उनले गरे । ‘हामी सबै मिलेर कर्णालीलाई देशकै अन्य प्रदेशभन्दा विशिष्ट बनाउनु छ,’ उनले भने, ‘त्यसका लागि सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेछ ।’

समारोहमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती मगर, मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता रहेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *