‘प्रेम गीत ३’मा प्रदीप खड्काको यस्तो अवतार, छायांकन शुरु नहुँदै मोसन टिजर सार्वजनिक

डिसी नेपाल
२० कार्तिक २०७६ २०:११
4
Shares

काठमाडौं। निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ।

निर्माण यूनिटले बुधबार फिल्मको मोसन टिजर सार्वजनिक गरेको हो। जहाँ अभिनेता प्रदीप खड्कालाई भिन्न अवतारमा देखाईएको छ। उनी योद्धा अवतारमा प्रस्तुत छन्। मोसन टिजरका लागि निर्माण यूनिटको मेहनत प्रशस्त देखिन्छ।

यो फिल्मको छायांकन भने शुरु भएको छैन्। फिल्ममा अभिनेता प्रदीप कस्तो अवतारमा देखिएलान भन्ने दर्शकको कौतुहलता मेटन निर्माण यूनिटले मोसन टिजर सार्वजनिक गरेको जनाएको छ।

सुपरहिट फिल्मको सिक्वेल, ब्राण्ड ब्यानर, चलेका कलाकार लगायतका कारण ‘प्रेम गीत ३’ चर्चामा छ। आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यस फिल्ममा सन्तोष सेनको लगानी रहने छ। फिल्मलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन्। निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा ‘प्रेम गीत’कै अभिनेता प्रदीप खड्का ‘प्रेम’को भूमिकामा देखिनेछन्। यस्तै ‘गीत’ पात्रको भूमिकामा क्रिस्टिना गुरुङले काम गर्दैछिन्। उनी निर्माण युनिटले आव्हान गरेको अडिसनमा २ हजार ७ सय १४ प्रतिष्पर्धीबाट छानिएकी हुन्।

आगामी चैत २८ गते प्रदर्शन मिति तोकिएको फिल्ममा प्रदीप, क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जिवन वराल, अनुभव रेग्मी, समृद्धी शाही, शिशिर राणा, जिवन भट्टराई, क्रिजन गौतम, योगीता खत्री लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्म यूनिटले लामो समय लगाएर काठमाडौंमा इनडोर सुटिङ सेट निर्माण गरेको छ। त्यस्तै यूनिटले लामो समय वर्कशप गरेको छ। आगामी शुक्रबारबाट इनडोर सुटिङ सेटबाट छायांकन शुरु गरिने निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनले डिसी नेपाललाई जानकारी दिए। फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन्।

निर्माता, निर्देशक तथा कलाकार सेनले फिल्मलाई इतिहासले गर्व गर्न लायक फिल्म बनाउने बताउँछन्। पूर्ण प्रेमकथामा निर्माण हुने फिल्मको डिजिटल राइट्स झण्डैं १ करोडमा बिक्रि भैसकेको छ।

हेर्नुहोस् मोसन टिजर :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *