विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२१ कार्तिक २०७६ २१:४३

मोरङ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका ११ बस्ने २८ वर्षीय भरत मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०७४ भदौ २० गतेको फैसलाले १ महिना कैद र ७ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सोही महानगरपालिका १२ बाट पक्राउ गरेको हो ।

यसैगरी सवारी ज्यान मुद्धाका फरार प्रतिवादी मोरङ लेटाङ नगरपालिका ८ बस्नेय भिम बहादुर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी वन पैदावर ओसारपसार मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका ९ का ४७ वर्षीय सेमन्त दाहाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

वन पैदावर ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङको २०६९ असार ७ गतेको फैसलाले १ महिना १५ दिन र ८ हजार २ सय ४९ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *