कश्मीरकी ‘कोटा रानी’ बन्दै दीपिका

डिसी नेपाल
२३ कार्तिक २०७६ १४:५६

मुम्बइ। बलिउड अभिनेत्री दीपिका पादुकोण विवाहपछि पर्दामा कमब्याक गर्दै छिन्। उनी अहिले आफ्नो नयाँ फिल्म ‘छपाक’ र ‘डघ’ मा व्यस्त छिन्। आगामी वर्षका लागि दीपिकासँग फिल्मको कमी छैन।

दीपिकाले महाभारतको कथामा बन्न लागेको फिल्ममा ‘द्रौपदी’ को भूमिका गर्न लागेको खबर सार्वजनिक गरेकी छन्। यो फिल्मको अलावा दीपिका शकुन बत्राको फिल्ममा पनि देखिँदै छिन्। धर्मा प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्ममा उनको अपोजिट रणवीर कपुर देखिने बताइएको छ।

दीपिका र उनकी मित्र मधु मेन्टेना एकसाथ नयाँ फिल्ममा देखिने खबर पनि आएको छ। मधुले हालै ‘कोटा रानी’ बायोपिकको घोषणा गरेकी छन्। यो फिल्म कश्मीरकी अन्तिम हिन्दु रानीको जीवनीमा आधारित हुनेछ। मधुसँग यो फिल्मका लागि रिलायन्स इन्टरटेनमेन्टले टाइअप गरेको छ। दीपिका यो बायोपिकमा काम गर्न निकै उत्सुक छिन्। यो मजबुत महिलाको कथा हो।

यो फिल्मको घोषणा गर्दै मधुले भनिन्, ‘यो बडो आश्चर्यको कुरा हो कि हामी भारतीयलाई नै ‘कोटा रानी’ जस्ती महिलाको बारेमा जनाकारी छैन। उनको जीवन बडो नाटकीय थियो। उनी सायद भारतकी सबैभन्दा सक्षम महिला शासकमध्येकी एक हुन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *