फेसबुकले अमिताभलाई पोस्ट गर्ने अनुमति दिएन
मुम्बइ। बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन्। सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राममा निकै सक्रिय रहने अमिताभ यिनै एकाउन्टका कारण कहिलेकाहीँ तनावमा समेत पर्ने गरेका छन्।
उनी पछिल्लो समय सामाजिक सञ्जालमार्फत नै आफ्ना शुभचिन्तकहरुसँग जोडिदै र आफ्ना कुरा व्यक्त गर्दै आएका छन्। उनले सामाजिक सञ्जालबाट हुने समस्याहरु समेत आफ्ना शुभिन्तकहरुसँग सेयर गर्दै आइरहेका छन्।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकका कारण उ नी तनाबमा परेका छन्। शुक्रबार राति अमिताभ फेसबुकमा केही पोस्ट गर्न खोज्दै थिए। तर, फेसबुकले उनलाई पोस्ट गर्ने अनुमति नै दिएन। फेसबुकले पोस्टका लागि अनुमति नदिएपछि अमिताबले निकै समस्या झेल्नु पर्यो।
उनले रातको २ बजेसम्म प्रयास गर्दा पनि पोस्ट गर्न नसकेपछि उनले आफ्ना शुभचिन्तकसँग माफी समेत मागेका छन्। यो अवधिमा अमिताभसँग पेसबुकले पटकपटक कोड मागेको कार झण्झड ब्योहोर्नु परेको समेत बताएका छन्।
पछिल्लो केही वर्षदेखि सामाजिक सञ्जाल फेसबुक चलाइरहेका अमिताभले भनेका छन्, ‘फेसबुक यति धेरै बोझिलो छ कि कसैलाई केही पोस्ट गर्ने अनुमति नै दिँदैन।’
हालै अमिताभले बलिउड यात्रा सुरु गरेको ५० वर्ष पुगेको छ। ‘सात हिन्दुस्तानी’बाट बलिउड यात्रा आरम्भ गरेका अमिताभ अहिले बलिउडका महानायकको परिचय बनाइसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment