सिक्टा सिँचाई समयमै सम्पन्न हुनुपर्छ : उपसभामुख तुम्बाहाम्फे

डिसी नेपाल
२३ कार्तिक २०७६ २०:३१

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न हुनुपर्ने बताएकी छन् ।

उपसभामुख तुम्बाहाम्फे सिक्टा सिँचाइ आयोजनाको ढकेरीदेखि अगैयासम्मको नहरको स्थलगत अनुगमनपश्चात् निर्धारित समयमै सम्पन्न गरी जनतालाई सिँचाइ सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

सिक्टा सिँचाइ आयोजना २०७७ असार मसान्तभित्र काम सम्पन्न गर्ने म्याद रहेको छ । तर अहिलेसम्म ६० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ ।

उपसभामुख तुम्बाहाम्फेलाई बाँके निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराजले सिक्टा नहर सञ्चालन र सिक्टाबाट बाँकेका जनताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराएकी थिइन् ।

सिक्टा सिँचाइ आयोजना प्रमुख कृष्ण नेपालले सिक्टा परियोजनाको प्रगति र समस्याहरुका बारेमा उपसभामुखलाई जानकारी गराउँदै आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको बताए ।

उनका अनुसार राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ सम्पन्न भएपश्चात अगैयादेखि पूर्वी नहरबाट नौ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ भने पश्चिमी नहरबाट ३३ हजार ७६६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *