उपनिर्वाचन २०७६ : राप्रपा चुनाव प्रचारप्रसारमा

डिसी नेपाल
२४ कार्तिक २०७६ ६:४५

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारीमा जुटेको छ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोम बहादुर भण्डारीसहित पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित टोलीले आज पोखरा महानगरपालिका–११ काँहुडाँडा लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको छ।

काहुँडाँडास्थित काहुँकोट देउराली मन्दिरमा पूजाआजा गरी शुरु गरिएका उक्त घरदैलोमा उम्मेदवार भण्डारीले हिन्दू राज्य स्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरे।

चुनाव प्रचारप्रसार अभियानअन्तर्गत आजै फूलबारी, महेन्द्रपुल, रानीपौवाका साथै पोखरा महानगरपालिका–१७ का विभिन्न स्थानमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा उम्मेदवार भण्डारीले राष्ट्रिय मुद्दासहित हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, भष्ट्रचारमुक्त शासन व्यवस्थाका लागि पार्टीको चुनाव चिह्न गाईमा मतदान गर्न आग्रह गरे।

पार्टीले प्रचार अभियानलाई तीव्रताका साथ अघि बढाउने जानकारी दिँदै प्रचारप्रसार समिति संयोजक सूर्य बाँस्तोलाले आइतबार पोखरा महानगरका विभिन्न वडामा घरदैलो कार्यक्रम गरिने जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *