पुष्प र साम्राज्ञीको ‘मारुनी’ अब विदेश प्रदर्शनमा, शुरुवात जापानबाट

डिसी नेपाल
२४ कार्तिक २०७६ १२:५७
4
Shares

काठमाडौं। पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’विभिन्न देशमा रहेका नेपालीमाझ पुग्ने भएको छ।

गत भदौंमा नेपालमा प्रदर्शनमा आएको फिल्मले ब्यापारिक र समीक्षात्मक रुपमा सफलता पाएको थियो। अब फिल्म प्रदर्शनका लागि विभिन्न देशमा जान लागेको निर्मात्री पूनम गौतमले जानकारी दिइन्।

उनका अनुसार विदेश प्रदर्शनको शुरुवात जापानबाट हुन लागेको छ। यही नोभेम्बर ३० तारिकमा जापानको नागोया, डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनपश्चात टोकियोमा फिल्म प्रदर्शन गरिने गौतमले बताइन्।

जापान प्रदर्शनको आयोजकमा शर्मिला डंगोल र विनोदकुमार सापकोटा छन्। फिल्म प्रदर्शनको लागि निर्मात्री पूनमसँगै नायक पुष्प खड्का पनि जापान पुग्नेछन्। निर्मात्री गौतमले जापानपछि अष्ट्रेलिया, अमेरिका, लण्डनलगायतका देशहरुमा फिल्मको प्रदर्शन पक्का भएको जानकारी दिइन्।

‘नेपालमा निकै रुचाइएको फिल्मलाई विदेशमा रहनुभएका नेपालीहरुले पनि माया गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं’ गौतमले भनिन्–‘तपाई रहनुभएको देश र शहरमा फिल्म लिएर आउँदै गर्दा साथ र सहयोगको पनि अपेक्षा गरेका छौं।’

फरक कथालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन्। फिल्ममा पुष्प र साम्राज्ञीका अलावा रेविका गुरुङको शिर्ष भूमिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *