सत्ते पे सत्तामा अनुष्का शिक्षिका, रुप भने सबैको होस उडाउने
मुम्बइ। लामो समयदेखि बलिउडमा फिल्म ‘सत्ते पे सत्ता’को रिमेक बन्ने कुराले निकै चर्चा पाइरहेको छ। १९८२ मा प्रदर्शनमा आएको फिल्म ‘सत्ते पे सत्ता’लाई रिमेक गर्न लागिएको हो।
फराहको निर्देशन रहने यस फिल्मलाई रोहित शेट्टीले निर्माण गर्दैछन्। रिमेकमा अभिनेत्री अनुष्का शर्मा ग्ल्यामरस शिक्षिकाको भूमिकामा देखिने चर्चा छ भने फिल्ममा ऋतिक रोशनको पनि अभिनय रहने चर्चा भारतीय मिडियामा छ।
तर फिल्मको कलाकारलाई लिएर भने हालसम्म कुनै औपचारिक घोषणा गरिएको छैन। ‘सत्ते पे सत्ता’ हलिउड फिल्म ‘सेभेन ब्राइड्स ब्रदर्स’ को रिमेक हो। यसअघिको ‘सत्ते पे सत्ता’मा अभिताभ बच्चन र हेमा मालिनीले अभिनय गरेको उक्त फिल्ममा सात भाइको कथालाई देखाइएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment