‘मिस्टर नेपाली’ कमेडी शैलीबाट राष्ट्रप्रेम झल्काउन खोजिएको फिल्म : कलाकार विष्णु सापकोटा
काठमाडौं। टेलिश्रृङखला ‘हर्के हवल्दार’बाट चर्चामा आएका कलाकार हुन्, विष्णु सापकोटा। दर्शकले उनलाई नामबाट भन्दा पनि ‘हर्के हवल्दार’भनेर बढी चिन्दै आएका छन्।
हास्य कलाकारका रुपमा स्थापित उनले फिल्ममा समेत राम्रो उपस्थिति जनाउँदै आएका छन्। उनको अभिनय रहेको नयाँ फिल्म हो, –‘मिस्टर नेपाली’। यो फिल्म यही कात्तिक २९ गते अर्थात आउँदो शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।
देव भुषालको लेखन तथा निर्देशनमा बनेको फिल्ममार्फत अभिनेता भुवन केसी लामो समयपछि अभिनयमा कमब्याक गर्दैछन्। फिल्ममा उनी दोहोरो भूमिकामा छन्। भुवनको अभिनय रहेपनि फिल्म नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको वरपरी घुमेको छ। त्यस्तै सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणी नेपाल लगायतका कलाकारहरुको शिर्ष भूमिका छ। फिल्मका मुख्य यीनै पात्रमध्येको एक हुन्, विष्णु। उनी आफ्नो भूमिकाबारे भन्छन् –‘साहिलजी शिर्ष भूमिकामा हुनुहुन्छ। उहाँको मामाको कमेडी शैलीको भूमिकामा दर्शकले मलाई पाउनुहुनेछ।’
उनी ‘मिस्टर नेपाली’मा कमेडी शैलीबाट राष्ट्रप्रतिको प्रेम देखाउन खोजिएको बताउँछन्। उनी स–परिवार बसेर हेर्न मिल्ने पारिवारिक फिल्म बनेको र दर्शकले रुचाउनेमा आशावादी रहेको बताउँछन्।
यो फिल्मले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा फिल्म बनेको निर्माणपक्षले जनाएको छ। प्रेमराज दाहाल फिल्मका निर्माता हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment