‘लभ डायरिज’ फिल्मको गीतमा ‘ट्वीन्स गर्ल’को नृत्य

डिसी नेपाल
२५ कार्तिक २०७६ १४:१८

काठमाडौं। टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदी बहिनी हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा।

उनीहरुले केही म्यूजिक भिडियोमा काम गरिसकेका छन्। अब उनीहरुको उपस्थिति फिल्मी गीतमा पनि भएको छ। सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’को गीतमा यी जुम्ल्याहा दिदी बहिनीले नृत्य गरेका छन्।

अर्जुन पोखरेल शब्द र संगीतवद्द, दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर रहेको ‘छम छम छम…’ बोलको गीतमा प्रिज्मा र प्रिन्सीले नृत्य गरेका हुन्। जुन गीतको छायाँकन आइतबार हायात होटल परिसरमा गरिएको छ। यो छायाँकन अन्तर्गतको अन्तिम गीत हो।

कोरियोग्राफर प्रविण सिंहले फिल्मका कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिज्मा–प्रिन्सी र कमला घिमिरेलाई नृत्यको स्टेप्स सिकाएका छन्। टिकटक भाइरल हुँदै म्युजिक भिडियोमा ब्यस्त प्रिज्मा र प्रिन्सीलाई पहिलो पटक फिल्मको गीतमा फिचर्ड गरिएको हो।

यो गीत खिचिएसंगै फिल्मको नयाँ रिलिज डेट तय भएको छ। फिल्मको सम्पूर्ण छायाँकन सकाउदै निर्माण पक्षले फागुन २ अर्थात भ्यालेन्टाइन डेलाई रिलिज तोकेको हो।

सौरभ चौधरी निर्देशित लभस्टोरी फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्मको ’सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक नम्बर रिलिज भैसकेको छ। जसलाई दर्शकले रुचाएका छन्।

संजय लामाले खिचेको फिल्म सम्पादनको जिम्मा मिलन श्रेष्ठले लिएका छन्। मधु बास्तोलाको कथा र पटकथा रहेको फिल्ममा सम्पादक साहिल खानले सह–निर्देशकको काम सम्हालेका छन्। विनोद सापकोटा निर्माता रहेको फिल्मको सह निर्मातामा सरोज तुलाधर छन्।

तस्वीर : ज्ञानु राई


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *