प्रेम दिवसमा ‘लभ डायरीज’
काठमाडौं। लामो समयदेखि प्रदर्शन मिति हेरफेर भईरहेको सुशील श्रेष्ठ र नव–नायिका रुविना थापाको मुख्य भूमिका रहेको फिल्म ‘लभ डायरीज’ले नयाँ प्रदर्शन मिति तय गरेको छ।
फिल्मले फागुन २ अर्थात प्रेम दिवसलाई नयाँ प्रदर्शन मिति तय गरेको फिल्मका निर्देशक सौरभ चौधरीले जानकारी दिए। आइतबार राजधानीको हायात होटलमा फिल्मको एक गीत खिचेर सम्पूर्ण छायांकन सकाउँदै यो प्रदर्शन मिति तय गरिएको हो।
यूवायूवतीको प्रेमलाई कमेडी शैलीमा फिल्ममा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा सुशील र रुविनाका अलावा विश्वजित रिमालको शिर्ष भूमिका छ। मधु बास्तोलाको कथा र पटकथा रहेको फिल्ममा सम्पादक साहिल खानले सह–निर्देशकको जिम्मेवारी सम्हालेका छन्। विनोद सापकोटा निर्माता रहेको फिल्ममा सरोज तुलाधर सह–निर्माता हुन्। संजय लामाले खिचेको फिल्म सम्पादनको जिम्मा भने मिलन श्रेष्ठले निर्वाह गरेका छन्।
फिल्मको ‘सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक गीत रिलिज भैसकेको छ। जसलाई स्रोता–दर्शकले रुचाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment