हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा
कर्तारपुर । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन् ।
ती भारतीय शिखहरु सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि दुई देशबीचको ऐतिहासिक सम्झौताअनुसार आफ्नो धर्मको सबैभन्दा पवित्र स्थलमा पुगेका हुन् ।
शिख धर्मका संस्थापक गुरु नानकको तीर्थस्थल भारत–पाकिस्तान सीमाबाट चार किलोमिटर भित्र पाकिस्तानमा रहेको एउटा सानो शहर कर्तारपुरमा अवस्थित छ । यस स्थानमा गुरु नानकको मृत्यु भएको थियो ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कर्तारपुर भ्रमणका लागि भारतीय शिखलाई पाकिस्तान आउन निःशुल्क प्रवेशाज्ञा दिने घोषणा गरेका थिए।
यस घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको संवेदनशीलतालाई बुझी प्रधानमन्त्री खानले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment