लता मंगेशकर उपचारपछि घर फर्किन्

डिसी नेपाल
२६ कार्तिक २०७६ १२:३५

एजेन्सी। यसै वर्ष ९० वर्ष लागेकी चर्चित बलिउड गायिका लता मंगेशकर हिजो साँझ अस्पतालबाट घर फर्केकी छन्। सास फेर्न गार्हो भएपछि उनलाई सोमबार बिहान २ बजे मुम्बई स्थीत ब्रिचक्याण्डी अस्पतालको आईसियूमा भर्ना गरिएको थियो।

मुम्बईबाट प्रकाशित हुने ‘मुम्बई मिरर’का अनुसार घरमै राखेर उपचार गर्दा हुने अवस्था भएपनि अस्पताल नजिके भएकाले उनलाई भर्ना गरिएको जनाएको छ। श्रोतको हवाला दिदै उक्त पत्रिकाले गायिका मंगेशकरको अवस्था हाल स्थिर रहेको र क्रमिक सुधारोन्मुख भइरहेको लेखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *