अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना
वासिङ्टन। अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ। पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ।
इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन्। उनी यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना भएका थिए।
त्यतिबेला उनलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो। अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment