‘मिष्टर नेपाली’को कथा लेखनकै लागि २ वर्षभन्दा बढी समय लाग्यो : निर्देशक देव भुषाल

डिसी नेपाल
२७ कार्तिक २०७६ १४:३३
4
Shares

काठमाडौं। म झण्डै डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएको छु। नेपाल आउजाउ भने बाक्लो नै हुनेगरेको छ। ‘मिष्टर नेपाली’ मेरो डेब्यू फिल्म हो। जुन यही शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ। फिल्ममा मेरो कथा तथा निर्देशन छ। यो फिल्म बनाउनुको पछाडी केही सन्देश दिन सकियोस् भन्ने हो।

फिल्म राष्ट्रयताको कथामा बनेको छ। देश तथा विदेश जहाँ रहेपछि आफ्नो भाषा, संस्कृति, संस्कार र गाउँठाउँलाई नभूलौं र आफ्ना सन्ततिलाई पनि भूल्न नदिऔं भन्ने फिल्मको सार हो। म अष्ट्रेलिया, यूरोप, जापान, कोरियो लगायतका धेरै देशहरु घुमेको छु। त्यहाँ रहेका नेपालीहरुसंग भेटेको छु। लामो समय कुराकानी गरेको छु। सोही क्रममा मैले देखेभोगेका कुराहरुलाई लिएर नै फिल्मको कथा लेखेको हुँ।

मानिसलाई कर्मले कहाँ पुर्याउँछ पत्तो हुँदैन्। धेरै नेपालीहरु विदेशमा छन्। अझ नेपालको परिपेक्षमा प्रत्येक घरको एक जना विदेशमा छन्। धन कमाउन गएकाहरु केही वर्षमा स्वदेश फर्किएका छन्। त्यस्तै धेरै नेपालीहरु परिवारसहित विदेश पलायन भएका छन्। उनीहरुले विदेशमै बालबच्चा जन्माएका छन्। कोहीका बालबच्चा विदेशमा हुकिँदै छन्। तर विदेशमा बस्ने हामी नेपालीहरुका सन्तानले नेपालको भाषा, संस्कृति, संस्कार र आफ्नो गाउँ–ठाउँलाई क्रमश विर्सदै छन्। यी मैले विभिन्न देशमा पुग्दा अनुभव गरेँ। त्यसपछि मलाई यस कथामा फिल्म बनाउनुपर्छ भन्ने लागेको हो।

फिल्मको कथा तयार गर्न मलाई २ वर्ष भन्दा बढी समय लाग्यो। प्रेमराज दाहालले ममाथि विश्वास गर्नुभयो र फिल्ममा लगानी गर्नुभयो। एउटा राम्रो टिम बन्यो। फिल्म निर्माण भयो।

मलाई लाग्छ, सन्देशमूलक फिल्म मात्र बनाएर पनि चल्दैछ। यो फिल्मले सन्देशमात्र दिएको छैन्। मनोरञ्जन पनि प्रसस्त दिएको छ। हामीले दर्शकलाई हँसाउँदै–हसाउँदै लगेर अन्तिममा सन्देश दिन खोजेका छौं।

फिल्ममा भुवन केसी, नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारहरुको अभिनय गर्नुभएको छ। फिल्ममा सम्पूर्ण टिमले मेहनत गरेका छौं। मेहनतको फल अवश्य पनि मिठो हुनेछ।

फिल्मको नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर शो गरिएको छ। जहाँ फिल्मलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिनुभएको छ। जुन हिसाबले फिल्ममार्फत दर्शकलाई प्रष्टाउन खोजेका थियौं। त्यहाँको प्रतिक्रिया त्यस्तै पाएका छौं। कोहीले विदेशमा रहेका नेपालीले हेर्नैपर्ने फिल्म भन्नुभयो, कोहीले छोराछोरीलाई देखाउनैपर्ने फिल्म रहेछ भनेको पायौं।

अब नेपालमा पनि दर्शकहरुले फिल्मलाई रुचाउनेमा पूर्ण आशावादी छौं।

-कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *