‘मिस्टर नेपाली’को नयाँ गीत सार्वजनिक
काठमाडौं। भोली शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’को नयाँ गीत सार्वजनिक गरिएको छ।
बिहीबार ‘डंका पिट्यो’बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा डेभिड शंकरले स्वर दिएका छन्। फिल्मका लेखक तथा निर्देशक देव भुषालले यो गीत लेखेका हुन्। गीतमा दिपक शर्माको संगीत छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु साहिल श्रेष्ठ, कुसुम राउत, विष्णु सापकोटा, रवि डंगोल, नन्दु श्रीवास्तव लगायतका कलाकारहरुलाई फिचर्ड गरिएको छ।
‘मिस्टर नेपाली’लाई प्रेमराज दाहालले निर्माण गरेका हुन्। यो फिल्मले राष्ट्रियताको कथा भन्छ। देश तथा विदेश जहाँ रहेपछि आफ्नो भाषा, संस्कृति, संस्कार र गाउँठाउँलाई नभूलौं र आफ्ना सन्ततिलाई पनि भूल्न नदिऔं भन्ने कथालाई फिल्मले उठान गरेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा अभिनेता भूवन केसी दोहोरो भूमिकामा देखिएका छन्। त्यस्तै सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि फिल्ममा अभिनय छ।
नेपाल प्रदर्शनअघि अमेरिकामा गरिएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो।
फिल्ममा निरज कँडेलको छायांकन तथा जीवन थापाको सम्पादन छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment