घुस लिएको आरोपमा यातायात कार्यालयका शाखा अधिकृतसहित ४ जना पक्राउ

डिसी नेपाल
२८ कार्तिक २०७६ २२:०१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

आयोगले शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने रिकन्डिसन हाउसका किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई पक्राउ गरेको हो । आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेपनि आज सार्वजनिक गरेको हो ।

यस्तै आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीले जग्गाको नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु छ हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गाको नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनीहरुले घुस मागेको आरोप छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *