‘हाउसफुल-४’ले बनायो नयाँ रेकर्ड

डिसी नेपाल
२९ कार्तिक २०७६ १६:००

मुम्बइ। अक्षय कुमारको पछिल्लो रिलिज ‘हाउसपुल-४’को कमाइ दुई सय करोड पार भएको छ। रिलिजको २१ औं दिनमा सिनेमाले यो आँकडा पार गरेको हो।

रिलिजको तेश्रो हप्तामा दुई सय करोड कमाएको ‘हाउसफुल-४’ यो आँकडा पार गर्ने दोश्रो कमेडी सिनेमा बनेको छ। अक्षयका अलावा बबी देवल, रितेश देशमुख, कृति सेनन आदिको प्रमुख भूमिका रहेको सिनेमा ‘गोलमाल अगेन’ पछि दुई सय करोड भारू कमाउने दोश्रो सिनेमा बनेको हो।

‘गोलमाल अगेन’ पनि ‘हाउसफुल-४’ जस्तै तिहारमा रिलिज भएको थियो। समीक्षकहरूको नजरमा खासै गतिलो नमानिएको सिनेमा करिब ७५ करोड भारूको लागतमा बनेको सिनेमा हो। सिनेमाले कुल कमाइ २००.५८ करोड भारू पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *