पारसले बनाए ३ रन, क्लान्दरलाई १०४ को लक्ष्य
काठमाडौं। यूएईको आबुधावीमा शुक्रबार शुरु भएको टि टेन लिगमा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध टिम आबुधाबीले क्लान्दरलाई १०४ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिंग गरेको टिम आबुधाबीले ५ विकेट १०३ रन बनायो। पारस खड्का ३ बलमा ३ रन बनाएर नटआउट रहे।
टिम आबुधाबीका लागि कोरी एण्डरशनले सर्वाधिक ४३ रन बनाए भने ल्यूक राईटले २० रन बनाए। यस्तै निरोशन डिकवालाले १७ रन बनाए भने कप्तान मोइन अलीले ७ रनमात्र बनाउन सके। यस्तै लेविश जर्जरीले ११ रन बनाए।
क्लान्दरका लागि लाहिरु कुमाराले २ विकेट लिए।
लक्ष्य पछ्याउन क्लान्दर केही समयपछि मैदानमा आउने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment