प्रेमिकालाई गर्भवती बनाएर अर्कै युवतीसँग विवाह गर्दै गर्दा…
काठमाडौं। बेला बेलामा प्रेमिकालाई धोका दिएर अन्य युवतीसँग विवाह गर्ने गरेको चर्चा आइरहन्छ। फेरि यस्तै विषय यतिबेला चर्चामा छ। भारतको उत्तर प्रदेश राज्यको बान्दा जिल्लामा प्रेमिकालाई छोडेर अर्कै युवतीसँग विवाह गर्नै लाग्दा प्रेमिका उक्त विवाहमा पुगिन्।
आफूलाई धोका दिएर अर्कै युवतीसँग विवाह गर्न लागेको देखेपछि उनले हंगामा मच्चाइन्। प्रेमिकाले हंगामा मच्चाएपछि प्रेमी विवाहको रिवाज पूरा नगरी विवाह मण्डप बाट भागेका छन्। प्रहरीले विवाह मण्डपबाट भाग्ने बेहुलाको खोजी गरिरहेको छ।
नरैनी विकास खण्डमा आयोजिक मुख्मनन्त्री सामुहिक विवाह कार्यक्रमको आयोजना गरिएको थियो। राजकुमार इन्टर कलेजमा विहीबार सामुहिक विवाह कार्यक्रमको आयोजना गरिएको थियो। उक्त विवाह कार्यक्रममा कयौं जोडी सामुहिक विवाह गर्न आएका थिए।

ती मध्ये एक जना व्यक्ति पनि विवाहका लागि त्यहाँ आएका थिए। उनी वैवाहिक कार्यक्रम गरिरहेका थिए, अचानक उनकी प्रेमिका विवाहस्थलमा आइन र हंगामा मच्चाइन्। ती प्रेमिकाले अर्कै युवतीसँग विवाह गरिरहेका युवकको आफूसँग प्रेम सम्बन्ध रहेको र आफू गर्भवती रहेको दाबी पनि गरिन्।
ती युवतीले हंगामा मच्चाएपछि खण्ड विकास अधिकारीले उनको विवाह रोकाए। आरोपित युवकलाई पक्राउ गर्न प्रहरी विवाहस्थलमा पुग्यो। तर बेहुला विवाह मण्डपबाट भाग्न सफल भए। अहिले प्रहरीले उनको खोजि गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment